१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एन्फाको कार्यसमिति बैठक बस्दै, विभिन्न १९ एजेण्डामाथि छलफल हुने


65
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने १५ औँ कार्यसमिति बैठकमा विभिन्न १९ एजेण्डामाथि छलफल हुने बताइएको छ । बैठक अपरान्ह साढे १२ बजेपछि सुरु हुनेछ ।

बैठकमा राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने, राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल संचालन गर्ने, सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग, महिला राष्ट्रिय लिग लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै, विभिन्न समिति तथा उप–समितिहरुको गठन तथा पुनर्गठन, आर्थिक तथा कर्मचारी नियमावली संशोधन, राष्ट्रिय टिम बिदेश भ्रमणमा जांदाको पेश्की सम्बन्धलगायतमा छलफल हुने छ ।