
web pic
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–७ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज बिहान साढे ८ बजे से ३ प ६१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालामा खस्दा स्थानीय २७ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।
चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्