२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बैतडीका १ लाख २६ हजारलाई कोरोनाविरुद्धको खोप


39
Shares

बैतडी । जिल्लामा १ लाख २६ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सबै स्थानीय तहका १ लाख २६ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो । पूर्ण मात्राको खोप भने ९१ हजार ३ सय ६ जनाले पाएका छन् ।

पुर्चौंडी नगरपालिकामा १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३ सय ३६ जनाले पूर्ण मात्राको खोप पाएका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १८ हजार ६ सय ४५ जनाले पहिलो मात्रा र १८ हजार ३ सय ५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

डिलाशैनी गाउँपालिकामा १५ हजार २ सय ८३ जनाले पहिलो मात्रा र ८ हजार ४ सय ४३ जनाले पूर्ण मात्रा खोप लगाएको उहाँले बताउनुभयो । यसैगरी पाटन नगरपालिकामा १५ हजार २ सय ३ जनाले पहिलो मात्रा र २१ हजार ३ सय ३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् ।

सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउन समेत आग्रह गरेको छ । सबै स्थानीय तहका १२ वर्षदेखि माथिका सबै नागरिकलाई खोप लगाउने अभियान जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।