१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


भायनेटकाे साउन्डमा टिकटक बनाउनेलाई ५० हजार पुरस्कार, कसरी भाग लिने ?


2.093k
Shares

काठमाडौं । भायनेट कम्युनिकेसन्स ले ५० हजार रुपैयाँ पुरस्कार राशीको अल्ट्राफाई टिकटक च्यालेन्ज ल्याएको छ ।

प्रतियोगिता कुनै पनि उमेर समूहको लागि खुला गरिएको कम्पनीले जनाएको छ ।

प्रतियोगितामा भाग लिनेले रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिनेछ ।

‘भायानेटअल्ट्रा–फाई टिकटक च्यालेन्ज’मा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेटअल्ट्रा–फाई साउन्डट्र्याक प्रयोग गर्नुपर्नेछ ।

फेब्रुअरी २८, २०२२ सम्म खुला रहने प्रतियोगिताका सहभागीले क्याप्सनमा #ULTRAFI_Vianet ह्यासट्याग र @vianetcommunication लाई ट्याग गरेको हुनुपर्छ ।

भायनेटका कर्मचारी र परिवारका सदस्यहरूले भाग लिन नपाउने प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।