१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कार्तिक आर्यनका फ्यानले यस्तो गरेपछि…..

प्रशंसकले बनाए छातीमा ट्याटू

208
Shares


एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यनको एक प्रशंसकले आफ्नो छातीमा उनको अनुहारको ट्याटू बनाएका छन् ।

भारतका एक युवक प्रशंसकले आफ्नो छातीमा आर्यनको अनुहारको ट्याटू बनाएका हुन् । सामाजिक सञ्जालमा ती फ्यानले आर्यनसंग खिचेको भिडियो खुबै भाइरल भइरहेको छ । भिडियोमा उनका फ्यानले फुटबल कोर्ट बाहिर आएर ट्याटू देखाउदै सबैलाई अचम्मित पारेका थिए ।
आर्यन आफ्नो मुस्कानका कारण पनि बलिउडमा चर्चित छन् । उनको मुस्कानलाई सबैले मनपराउने गरेका छन् ।

आर्यन भारतीय फिल्म क्षेत्रका यस्ता अभिनेता हुन् जसले आफ्नो अभिनय मार्फत थोरै समयमा धेरैको मन जितेका छन् । आर्यनलाई अहिले भारतीय युवायुवतीले निकै प्रशंशा गर्ने गरेका छन् । ती युवकले पनि आफ्नो छातीमा आर्यनको ट्याटू बनाएर आर्यनलाई नै अचम्मित पारेका छन् ।आर्यनले ती युवकसँग तस्वीर खिचाएर उनको त्यो ट्याटूको खुब प्रशंसा गरे । यो भन्दा अगाडि पनि उनको धेरै फ्यानहरुले उनका लागि ट्याटू बनाइसकेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको फिल्मी करिअर पनि राम्रोनै चलिरहेको छ । उनको पछिल्लो फिल्म धमाका थियो भने उनी अब भुल भुलैया–२ ,शहजादा र क्याप्टेन इन्डियामा देखिने भएका छन् । उनी सन् २०११ देखि भारतीय फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् ।