१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जिल्ला प्रशासन कार्यालयमा वृद्धको मृत्यु


260
Shares

सोलुखुम्बु । जिल्लाको प्रशासन कार्यालयमा एक वृद्धको मृत्यु भएको छ ।

नागरिकताको प्रतिलिपी झिक्न प्रशासन पुगेका सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका ६६ वर्षीय फूर्वा शेर्पाको मृत्यु भएको हो ।

विश्राम गृहमै बेहोस भएर ढलेपछि जिल्ला अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

जिल्ला अस्पतालमा उपचाररत वृद्धको नागरिकताको प्रतिलिपी बनाउन आउँदा घटना भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

अस्पतालको अनुमतिविना मृतक शेर्पाका छोराले उनलाई प्रशासन कार्यालय पुर्‍याएको अस्पताल प्रशासनले जनाएको छ ।

झण्डै तीन दशक परिवारबाट सम्पर्कविहीन बनेका शेर्पा केही हप्ता यता परिवारसँगै हुनुहुन्थ्यो । शेर्पाको नसासम्बन्धी समस्याका कारण गोडा टेक्न नसक्ने अवस्था थियो ।