
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्नुभएको छ । अमेरिकी संसद भवनमा आक्रमण भएको दिनको सम्झानामा भएको कार्यक्रममा राष्ट्रपति बाइडेनले ट्रम्पको कार्यशैलीको कडा आलोचना गर्नुभएको हो ।
गत वर्ष जनवरी ६ मा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक समारोह चलिरहेका बेला तत्कालीन राष्ट्रपति ट्रम्पका समर्थकले संसद भवनमा अक्रमण गरेका थिए । सो घटनापछि ट्रम्पको कडा आलोचना भएको थियो ।
उहाँले निर्वाचनमा धाँधली गराएर आफूलाई पराजित गरेको भन्दै समर्थकहरुलाई संसद भवनमा आक्रमण गर्न उक्साएको विपक्षीहरुको आरोप छ । संसद भवनमा आक्रमण भएको सन्दर्भमा राष्ट्रपति बाइडेनले ट्रम्पले झुटको खेती गरेको टिप्पणी गर्नुभएको छ ।
उहाँले अमेरिकी लोकतन्त्रको घाँटी निमोठ्ने ट्रम्पको षडयन्त्र सफल नभएको बताउनुभएको छ । सो आक्रमणको संसदीय विशेष समितिले छानविन गरिरहेको बताइएको छ ।
अनुसन्धानका क्रममा हालसम्म ७२५ भन्दा बढीलाई नियन्त्रणमा लिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । यस्तै ससद भवन बाहिर भएको कार्यक्रममा भेला भएकाहरुले दी प्रज्वलन गरेर शान्तिको कानमना गरेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्