
काठमाडौं । नेपालमा थप २४ जनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
पुस महिनामा १ हजार १ सय ४६ जिन सिक्वेन्सिङ गर्दा २ सय ५० वटा नमूनामा एस–जिन नेगेटिभ देखिएको थियो ।
एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।
साथै, सीमामा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ भएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्