१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैंक अफ काठमाण्डू र सेरेन हस्पिटालिटीबीच छुट सम्वन्धि संझौता


234
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा.लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा १५ प्रतिशत छुटको व्यवस्था गर्ने संझौता भएको छ ।

बैंक अफ काठमाण्डूको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । सो संझौता पश्चात् ग्राहकहरुले सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ट १५ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।