
फाइल तस्विर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ ।
संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न शनिबार बिहान १० बजे उहाँको निवास बालकोट जानु भएको हो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्