१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विद्या भण्डारी र केपी ओलीले संविधानलाई नै खत्तम पार्न खोजे : रामवरण यादव


2.665k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै खत्तम पार्न खोजेको आरोप लगाउनुभएको छ ।

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई–दुई पटक संविधानमाथि आक्रमण गरेको जिकिर गर्नुभयो ।

चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’को शनिबार काठमाडौंमा विमोचन गर्दै उहाँले आफैंले खडा गरेका राज्यका अंगहरूलाई मजबुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरेको भन्दै आपत्ति जनाउनुभयो ।

यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले संविधान जोगाएको भन्दै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई एकठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

यादवले राजनीतिक दलहरूलाई मिलेर संविधानमा उल्लेख गरिएको उन्नत समाज निर्माण हुने गरी समाजवादको तयारीमा जुट्न आग्रह गर्नुभयो ।