२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ब्राजिलमा चट्टानको ढिस्को डुंगामा खस्दा ५ को मृत्यु, २० वेपत्ता, ३२ जना घाइते


403
Shares

एजेन्सी । ब्राजिलको एउटा तालमा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घटनामा २० जना बेपत्ता भएका छन् ।

ब्राजिलको दक्षिणपुर्वी क्षेत्रको मिनास गेराइस राज्यको तालमा ४७ यात्रु सहितको डुंगामाथि चट्टान सहितको ढिस्को खस्दा दूर्घटना भएको हो । तालको छेउमा रहेको चट्टान दुई चिरा भई डुंगामाथि खसेको जनाइएको छ ।

ब्राजिलमा केही दिनदेखि जारी लगातार बर्षाका कारण चट्टान खसेको अनुमान गरिएको छ । तालमा खसेको चट्टानमा ३ वटा डुंगा ठोक्किएका थिए ।