
काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारीहरुले नाइजेरियामा थप दुई सय भन्दा बढीको हत्या गरेको छ । मोटर साइकलमा आएका करीब तीन सय बन्दुकधारीहरुले १० वटा गाउँमा एकै साथ आक्रमण गरेर सर्वसाधारणको हत्या गरेका हुन ।
दुई वटा प्रतिद्वन्दी लडाकु समूहमा आवद्ध लुटेराहरुले गाउँलेहरुको अन्धाधुन्द हत्या गर्नुका साथै घर घरमा पसेर लूटपाट मच्चाएको जनाइएको छ । आक्रमणकारीहरुले हत्यापछि सामूहिक रुपमा शव गाडेर हिंडेको र केही शवहरु सरकारी सेनाले गाडेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक लुटेरा समूहले सर्वसाधारणलाई दुःख दिने गरेका छन् भने उनीहरुको सामना गर्न सरकारी सुरक्षाकर्मीहरु असफल हुदै आएका छन् । सरकारले यस्ता समूहहरुलाई आतङ्ककारी घोषणा गरे पनि तिनीहरुलाई परास्त गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्