
फाइल तस्वीर ।
काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९१ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेर १ हजार २ सय २५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्