
एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजको सुकेश चन्द्रशेखरसँगको व्यक्तिगत फोटो सार्वजनिक भएको छ । अभिनेत्री ज्याकलिनले दुखी हुदै मिडियाकर्मीहरुलाई व्यक्तिगत गोपनीयताको ख्याल राख्न आग्रह गरेकी छन् ।
उनले विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेकी हुन् । ज्याकलिनको सन् २०२१ धेरै कठिनका साथ बितेको विज्ञप्तिमा उल्लेख छ । ठग सुकेश चन्द्रशेखरसँग नाम जोडीएपछि उनलाई धेरै समस्या परेको हो ।
ज्याकलिनले तस्वीरप्रति प्रतिक्रिया जनाउदै भनेकी छिन् ‘मलाई यो देशमा र यहाँका जनताले धेरै माया दिनुभयाे साथै मिडियाले पनि माया र साथ दिनुभयाे याे साथ अब पनि चाहान्छु । उनी भन्छिन् ‘म यो समय निकै कठिन परिस्थितीबाट गुज्रीरहेको छु, यो समस्याबाट म छिट्टैने निस्कने छु, साथै मिडियाका साथीहरुलाई मेरो व्यक्तिगत फोटोलाई सामाजिक सञ्जालमा सार्वजनिक नर्गन अनुरोध गर्छु, आशा छ न्यायको जित अवश्य हुनेछ ।’
ज्याकलिनको नाम ठग सुकेशसँग जोडिएपछि प्रर्बतन निर्देशनालय (इडी) ले उनलाई सोधपुछका लागी पटक पटक बोलाएको थियो । त्यसपछि उनका व्यत्तिगत कुराहरु बाहिएका हुन् । मंहगो गिफ्टका कारण विवादमा आएकी ज्याकलिन अहिले तस्वीरका कारण समस्यामा पारेकी छन् ।
प्रतिक्रिया दिनुहोस्