१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा एकै दिन डेढ लाखभन्दा बढीमा देखियो कोरोना संक्रमण


247
Shares

काठमाडौं । भारतमा एकै दिन डेढ लाखभन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण भएको छ । तेस्रो लहर सुरु भएसँगै भारतमा कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार जनाभन्दा बढीमा नयाँ संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा ४० हजार ८६३ जना संक्रमणमुक्त हुँदा ३२७ जनाको मृत्यु भएको जनाइएको छ ।

भारतको २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको पनि जनाइएको छ । सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा छन् । हाल भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ ।

संक्रमित बढ्न थालेपछि कतिपय राज्यले कडाई गर्न थालेका छन् । दिल्ली र कर्नाटकमा शनिबार र आइतबार कर्फ्यू नै लगाइएको छ । तमिलनाडुमा आइतबार पूर्ण कर्फ्यू लगाइएको छ ।