
एजेन्सी । अमेरिकाको न्युयोर्कमा एक भवनमा आगलागी हुँदा ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । घटनामा ६३ जना घाइते भएका छन् ।
३२ जनालाई अस्पताल भर्ना गरिएकोमा केहीको अवस्था भने गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार १९ तले सो भवनको दोश्रो र तेश्रो तलाबाट शुरु भएको आगलागी सबै तलामा फैलिएको थियो ।
२ सय भन्दा बढी अग्नी नियन्त्रकको सहायतामा आगो नियन्त्रणमा लिईएको हो । आगलागीका कारण स्पष्ट नभए पनि इलेक्ट्रिकल हिटरका कारण आगलागी भएको अनुमान गरिएको छ । आगलागी भएको दोश्रो तलाको ढोका खुला भएका कारण आगलागी सबैतिर फैलिएकाले बढी मानविय क्षति भएकोे बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्