१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दोलखामा चिसोको बिरामी बढ्दै


104
Shares

दोलखा । केही दिन अघि परेको हिउँदे झरी र हिमपातका कारण दोलखा जिल्लामा चिसोका विरामी बढेका छन् । जिल्लाका अस्पतालहरूमा बिरामीको चाप बढेको छ ।

एक साताअघि कालिञ्चोक, शैलुङ, खावा, खरिढुङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा वर्षासँगै हिमपात भएपछि वातावरण धुम्म हुँदा चिसो अत्यधिक बढेको छ ।

रुघाखोकी, ज्वरो, दम र निमोनियाबाट ग्रसित बिरामीको संख्या अस्पतालमा दैनिक वृद्धि हुन थालेको छ । चरीकोट अस्पतालमा दैनिक ७० जना भन्दा बढी बिरामी आउन थालेका छन् । चिसोका कारण विरामी हुनेमा बढीजसो वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगी रहेका छन् ।