५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पुस २७ पृथ्वी जयन्ती मनाइदै, गोरखा र विदुर नगरपालिकाले दिए सार्वजनिक बिदा


312
Shares

काठमाडौं । पुस २७ मा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवस मनाइँदैछ। दिवसको अवसरमा गोरखाको गोरखा नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएका छन्।

नगर कार्यपालिकाको पुस १८ को निर्णयअनुसार पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय भएको गोरखा नगरपालिकाकाले जनाएको छ । सो दिन नगरपालिका कार्यालय, वडा कार्यालयहरू, नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द हुनेछन् । नगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा दौड तथा दीप प्रज्ज्वलनलगायत कार्यक्रम आयोजना गरको छ ।

यस्तै नुवाकोटको विदुरमा पनि सार्वजनिक बिदा दिइएको छ। पृथ्वीनारायण शाह जन्मेको दिन पुस २७ गतेलाई रााष्ट्रिय एकीकरण दिवसका रूपमा मनाइने भएकाले विदुर नगरपालिकासहित नगरभित्रका पालिकाअन्तर्गत रहेका वडा कार्यालयहरु, स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरू, शैक्षिक संस्थाहरूलाई सार्वजनिक बिदा दिइएको बताइएको छ ।

पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिकाका विभिन्न स्थानमा भिन्नाभिन्नै कार्यक्रमका साथ राष्ट्रिय एकता दिवस मनाइने गरिएको छ। नुवाकोटको साततले दरबार क्षेत्र, देवीघाटस्थित पृथ्वी स्मारक र पृथ्वीनारायण शाहको अन्तिम दाहसंस्कार गरिएको स्थल तादी र त्रिशूली नदीको सङ्गम जालपादेवी मन्दिर परिसरमा छुट्टाछुट्टै कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाउन तयारी भइरहेको छ।