१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेको जिल्ला अधिवेशनले सर्यो प्रतिनिधिसभा बैठक


78
Shares

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशनका कारण प्रतिनिधिसभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै पुस २८ गते बुधबार बस्ने भनिएको प्रतिनिसभाको बैठक स्थगित भएको जानकारी दिनुभयो ।

विज्ञप्तिमा प्रतिनिधिसभाको अर्को बैठक माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिइएको छ ।

अहिले एमालेको जिल्ला अधिवेशन चलिरहेको छ । केही जिल्लाम सर्वसम्मत नेतृत्व चयन भए पनि अधिकांश जिल्लाहरूमा भने निर्वाचन हुन लागेको छ । एमालेका सांसदहरू जिल्ला अधिवेशनमा सहभागी भइरहेका छन् ।

यसअघि माओवादी केन्द्रको आठौं सम्मेलनमा क्रममा पनि उसले बैठका सार्न आग्रह गरेको थियो । त्यसपछि एमालेकै आग्रहमा बैठक २८ गतेलाई सारिएको थियो ।