
काठमाडौं । नेपालमा थप १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ हजार ४ सय २९ जनामा गरिएको परीक्षणमा १४ सय ४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये काठमाडौंमा ६ सय ७५, ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६५ गरी काठमाडौं उपत्यकामा ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।
सोही समयमा २ सय ५५ जना संक्रमणमुक्त हुँदा २ जनाको मृत्यु भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण बढेसँगै नेपालमा संक्रमितको संख्या ह्वात्तै बढिरहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २ लाख १० हजार ५ सय ९४ जनालाई कोरोनाविरुद्धको खोप लगाउँदा ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्