२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


शिक्षा मन्त्री पौडेललाई कोरोना संक्रमण


182
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण देखिएको छ ।

रुघा र सामान्य खोकी लागेपछि सोमबार विहान पीसीआर परीक्षण गराउनुभएका उहाँमा संक्रमण पुष्टि भएको प्रेस संयोजक बिमल खड्काले जानकारी दिनुभयो ।

मन्त्री पौडेलेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उहाँ होम आइशोलेसनमा रहेको खड्काले बताउनुभयो ।

मन्त्री पौडेलले आफ्नो सम्पर्कमा रहेका सबै जनाले सजगता अपनाउँदै केही दिन एकान्तवास बसेर कोरोना परीक्षण गराउन पनि सुझाव दिनुभएको छ ।

संक्रमण भएसँगै मन्त्रीको पूर्वनिर्धारित र दैनिक भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरिएको संयोजक खड्काले जानकारी दिनुभयो ।