
एजेन्सी । अफ्रिका कप अफ नेशन्स फुटबलमा गएराति सेनेगल, गिनी, मोरक्को र गाबोन विजयी भएका छन् ।
क्यामरुनमा जारी अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताअन्तर्गत गएरातिका सबै चार खेल १–० मा सिमित भए ।
समूह बि को खेलमा सेनेगलले जिम्बाबेलाई तथा गिनीले मलावीलाई १–० ले हराए । यसैगरि समुह सि को खेलमा मोरक्कोले घानालाई तथा गाबोनले कोमोरसलाई १–० ले पराजित गरे ।
कोमोरसले पहिलो पटक अफ्रिका कप अफ नेशन्स फुटबल खेलिरहेको हो । जारी संस्करणको प्रतियोगितामा २४ टोली सहभागि छन् ।
अफ्रिका कप अफ नेशन्सको साविक विजेता अल्जेरिया हो भने ७ उपाधिसहित इजिप्ट अफ्रिकी महादेशको फुटबलमा सर्वाधिक सफल टोली हो ।
प्रतिक्रिया दिनुहोस्