
रसुवा । रसुवा जिल्लाका अति दुर्गम क्षेत्रमा जलविद्युत आयोजनाहरु निर्माण भएपछि प्रभावित क्षेत्रका बासिन्दालाई सडकको पहुँच बढेको छ। आयोजनाहरुले बाँध र विद्युतगृहमा पुग्नका लागि बनाएका प्रवेश मार्ग स्थानीयका लागि बरदान सावित भएका छन् ।
गोसाईकुण्ड गाँउपालिकाको थुमनमा निमार्णधिन एक सय एघार मेगावाटको रसुवागढी जलविद्युत आयोजनाले थुमन तथा दालफेदी गाँउ बस्तिहरुमा सडक निर्माण गरेको छ ।
त्यस्तै आमाछोदिङमो गाँउपालिकाको चिलिमेमा निमार्णधिन सान्जेन तथा सुपर सान्जेन जलविद्युत आयोजना तथा माथिल्लो त्रिशुलीे १ जलविद्युत आयोजनाले हाकु गाँउका दर्जनौ बस्तिहरुमा सडकको पहुँच पुर्याएका छन् ।
सडकको पहँच गाँउमा पुगे संगै स्थानीय बासिन्दाहरु राष्ट्रिय राजमार्गसँग जोडिन पाएका छन् भने उनीहरुको दैनिकीमा ठूलो परिवर्तन आएको छ । जिल्लामा अहिले साना र ठुला गरि तेह्र वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । यस्तै अरु ९ वटा बिद्युत आयोजनाको सर्वे भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्