६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते


195
Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ मा गएराती तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित दुई जना घाइते भएका छन् ।

प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान अनियन्त्रित भएर नालीमा पल्टिँदा सिराहाको धनगढीमाई नगरपालिका–९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक सिराहाकै सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका २८ वर्षीय सन्तोष कुमार साह र भ्यानमा सवार सिराहाको कल्याणपुर नगरपालिका–५ का २१ वर्षीय पवन महराको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।