
काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा युनाईटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै चौथो चरणमा पुगेको हो ।
घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए ।
अब चौथो चरणमा युनाईटेडले ६ फेब्रुअरीमा मिड्ल्सब्रोसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्