१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बढ्यो सुनचाँदीको मूल्य


390
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९० हजार ८ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।