२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतमा कोरोना : एकैदिन १ लाख ६७ हजार संक्रमित, संक्रमितलाई दिल्ली सरकारको योगा कक्षा


299
Shares

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६७ हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ६९ हजार ७ सय ९८ संक्रमित निको भएका छन् ।

सोही अवधिमा थप २ सय ७७ जनाको मृत्यु भएको छ । सोमबारभन्दा मंगलबार ९७ हजार ४ सय ७५ संक्रमित थपिएका हुन् । आठदिन अघि यो आँकडा एकलाख मात्र थियो । पाँचदिनदेखि भारतमा संक्रमित संख्या १ लाखभन्दा माथि छ ।

राजधानी दिल्लीमा सबै निजी कार्यालय र रेष्टुरेन्ट बन्द गर्न आदेश दिइएको छ । मानिसलाई घरबाट काम गर्न अनुमति दिइएको छ । दिल्लीको अस्पतालका २ हजार शय्या पूरै भरिएका छन् भने बाँकी होम आइसोलेशनमा छन् ।

मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमितलाई योग कक्षा सुरु गर्न निर्देशन दिनुभएको छ । योगले रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै संक्रमितलाई योग कक्षाका वेब–लिंक पठाइने केजरीवालले बताउनुभयो ।