८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


टेलिकमको ‘विन्टर अफर’


0
Shares

काठमाडौं, माघ २६ । नेपाल टेलिकमले विभिन्न ‘प्याकेज’सहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको जनाएको छ ।

उक्त अफरअन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव यही माघ २२ गतेदेखि नै लागू भइसकेको र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने जनाइएको छ ।

योभन्दा पहिले उपलब्ध ‘अटम अफर’अन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेजसमेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको कम्पनीले जनाएको छ ।

जीएसएम प्रिपेड/पोस्टपेड तथा सीडीएमए प्रिपेड/पोस्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिने जनाएको छ ।

कम्पनीले ‘अल टाइम डाटा प्याक’, ‘डे डाटा प्याक’, ‘नाइट डाटा प्याक’, ‘सोसियल मिडिया प्याक’लगायतका विभिन्न आकर्षक प्याकेज ल्याएको विज्ञप्ति जारी गरी जनाएको छ ।