२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चीनबाट १२ लाख डोज भेरोसेल खोप आयो


195
Shares

काठमाडौं । कोभिडविरुद्धको झण्डै १२ लाख डोज भेरोसेल खोप चीनबाट मंगलबार काठमाडौं आइपुगेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

नेपालले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसनसहितको चार करोड ३ लाख ८७ हजार ९ सय २७ मात्रा खोप प्राप्त गरेको विभागका आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ६४ लाख पाँच हजार २ सय १० मात्रा खोप लगाएको छ । जसमा लक्षित समूहले ७६ दशमलव २ प्रतिशतले एक मात्रा र ५६ दशमलव ४ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कूल जनसंख्याको ४९ दशमलव ९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले माघ दोस्रो सातादेखि बुस्टर डोज अभियान सुरु गर्ने तयारी गरेको छ ।