
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौं चरणका खेल सकिएका छन् ।
अहिलेसम्म आइपुग्दा लिग उपाधिको होडमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब देखिएका छन् । मछिन्द्रको जारी दिगमा २० अंक छ भने मनाङको १९ अंक छ ।
तेस्रो स्थानमा रहेको संकटा क्लबको १४ अंक हुँदा आर्मी पनि समान अंकसहित तालिकाको चौथो स्थानमा छ । संकटा र आर्मी दुवै टीम शीर्ष स्थानमा रहेका मछिन्द्र र मनाङसँग ठूलो अंकको दूरी छ ।
लिगमा अब पाँच चरणका खेल मात्र बाँकी हुँदा आर्मी र संकटाले मनाङ र मछिन्द्रलाई उछिन्नका लागि खेलमा नाटकीय नतिजा निकाल्नु पर्नेछ । तर, हालसम्मको प्रदर्शनले त्यस्तो नतिजा आउला भन्न सकिँदैन ।
आठौं चरणका खेल सकिदा उपाधि दाबेदार मानिएको थ्री स्टारले हिमालयन शेर्पालाई हराएर पाँचौं स्थानमा उक्लिन सफल रह्यो, हिमालयन भने छैटौं स्थानमा झरेको छ । अब थ्री स्टारले शीर्ष चार भित्र प्रवेशका लागि आफ्नो चुनौती पेश गर्न सक्नेछ ।
लगातार तेस्रो चरणमा च्यासल र फ्रेन्ड्स अन्तिम दुई स्थानमा रहे । फ्रेन्ड्स आठौं चरण आइपुग्दा पनि जितहीन एक मात्र टीम बनेको छ ।
प्रतिक्रिया दिनुहोस्