
पाेखरा । न्यू डायमन्ड स्पोर्ट्स क्लबले टाइगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोस्रो जित निकाल्दा उपाधि दावेदार नेपाल एपीएफ क्लब त्रिभुवन आर्मी क्लबसँग स्तब्ध बनेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबार भएको खेलमा डायमन्डले आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
यसअघि पहिलो खेलमा डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो । जितसँगै डायमन्डको दुई खेलबाट ६ अंक जोडेको छ ।
अर्काे खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा स्तब्ध पार्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
यस्तै, पुरुषतर्फ विभागीय नेपाल पुलिस क्लबले दोस्रो जित दर्ता गर्दा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।
अर्काे खेलमा उपाधि दावेदार आर्मीले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजि गर्दै विजयी सुरुवात गरेको छ ।
माघ १ गतेसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता रहेको छ ।
महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्