
काठमाडौं । अफ्रिका कप फुटबलमा साविक विजेता अल्जेरियालाई सिएरा लियोनले बराबरीमा रोकेको छ । क्यामरुनमा गएराति भएको समुह ‘इ’ को खेलमा सिएरा लियोनले अल्जेरियालाई गोलरहित बराबरीमा रोकेको हो ।
गएराति भएको समुह ‘डि’ को खेलमा सुडान र गिनी बिसाउले पनि गोलरहित बराबरीमा चित्त बुझाए । यही समुहको अर्को खेलमा नाइजेरियाले इजिप्टलाई १–० ले हराएको छ ।
दुई उपाधि दावेदारहरुको भिडन्तमा नाइजेरियालाई विजयी गराउन इंग्लिस क्लब लेष्टर सिटीका फरवार्ड केलेची इहिनाचोले निर्णायक गोल गरे ।
अफ्रिका कप फुटबलमा आज राति तीन खेल हुनेछन् । समुह ‘इ’ को खेलमा आईभोरी कोष्टले इक्वेटोरल गिनीसँग खेल्दा समुह ‘एफ’ का खेलहरुमा ट्युनिसिया र माली तथा गाम्बिया र मौरितानिया भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस्