२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


माघी पर्वको अवसरमा कैलालीको कैलारीमा ३ दिन बिदा


78
Shares

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले गाउँपालिकाभरि माघीको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।

पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थामा तीन दिन बिदा दिने निर्णय गरिएको हो ।

माघी पर्व थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । थारु समुदायले तीन दिन धुमधामका साथ पर्व मनाउने गरेकाले गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको सूचना अधिकारी यगम कलेलले बताउनुभयो ।

कैलारी गाउँपालिकामा ९७ प्रतिशत थारु जातिको बसोबास रहेको छ । अघिल्लो वर्ष पनि सो गाउँपालिकाले माघीको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको थियो ।

माघी पर्वबाट थारु समुदायको नयाँ वर्ष पनि सुरु हुने गर्दछ । यो पर्व पुसको अन्तिम दिनदेखि माघ २ गतेसम्म धुमधामका साथ मनाउने गरिन्छ । माघी पर्व नजिकिएसँगै थारु बस्तीमा चहलपहल पनि सुरु भइसकेको छ ।