
काठमाडौं । ललिता निवास जग्गा प्रकरणका मूख्य आरोपी भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई जमानीमा रिहा गरिएको छ । प्रहरीको हिरासतमा रहेका उनीहरुलाई नेपाल प्रहरीले मंगलबार हाजिर जमानीमा रिहा गरेको हो ।
आवश्यक परेका बेला उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आरोपीहरुमाथि मुद्दा चलाउन अस्वीकार गरी अनुसन्धान प्रतिवेदन फिर्ता गरेपछि सुवेदी दम्पत्तिलाई रिहा गरिएको जनाइएको छ ।
प्रहरीले सुवेदी दम्पत्तिलाई लिखत सम्बन्धी कसुरमा यही पुस ६ गते पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सुवेदीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्