१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


टिकटकले चर्चामा आयो धौलागिरीका पर्यटकीय क्षेत्र


156
Shares

बागलुङ । कोरोनाले सुस्ताएका धौलागिरीका पर्यटकीय क्षेत्र टिकटकका कारण चर्चामा आउन थालेका छन् । टिकटकमा भिडियो राख्नकै लागि समेत पर्यटकीय स्थल भ्रमण गर्नेको संख्यामा वृद्धि भएको छ ।

अहिले टिकटक सबैको रुचीको विषय समेत बनेको छ । टिकटकमा अभिनय मात्रै हैन विभिन्न मरोरम प्राकृतिक दृश्य तथा पर्यटकीय स्थलहरु रुचाइन थालेपछि टिकटकमा हेरेर पर्यटकीय स्थलमा पुग्ने आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएको हो ।

टिकटकको माध्यमबाट सुस्ताएका पर्यटकीय क्षेत्र, ग्रामीण बस्ती तथा प्राकृतिक सौन्दर्यले भरिपुर्ण क्षेत्रहरुको प्रचारप्रसार हुन गई पर्यटक आगमनमा वृद्धि भएको पर्यटन व्यवसायीहरुले बताएका छन् । टिकटकका कारण बागलुङको कालिका मन्दिर, पञ्चकोट विश्वको लामो झोलुङ्गे पुल लगायतका ठाउँमा आन्तरिक पर्यटकको घुँइँचो लाग्ने गरेको स्थानीय मनबहादुर सुनारको भनाइ छ ।