१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्णाली प्रदेशको नवौं अधिवेशन आजबाट


52
Shares

काठमाडौं । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आज बुधबारबाट सुरू हुँदैछ । कर्णली प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौं अधिवेशन बोलाइएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्नुभएको थियो । प्रदेश सभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार प्रदेश सभाका सबै सदस्यलाई सूचना गरिएको छ ।

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मंसिर १४ मा बोलाइएको बैठक प्रतिपक्षी नेकपा एमाले उपस्थित नभएपछि मंसिर १५ गते बसेको थियो ।