१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय सरकारले सहयोग गरे मझगाउँ विमानस्थलको काम समयमै सकिन्छ : मन्त्री आले


91
Shares

कञ्चनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले स्थानीय सरकारले सहयोग गरे मझगाउँ विमानस्थल स्तरोन्नतिको काम समयमै सकिने बताउनुभएको छ ।

बुधबार मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आलेले निर्माण व्यवसायीलाई चाहिने कच्चा पदार्थको लागि स्थानीय तह र आमनागरिकले सहयोग गरे विमानस्थल स्तरोन्नतिको काम समयमै सकिने बताउनुभएको हो ।

मन्त्री आलेले कतिपय विकास निर्माणका काममा ठेकेदारलाई चाहिले कच्चा पदार्थ लगायतका सामाग्रीको अभाव हुदाँ काम समयमै सम्पन्न नहुने गरेको उहाँको भनाइ छ । कामको गुणस्तरमा ठेकेदारसँग कुनै सम्झौता नहुने उहाँले बताउनुभयो ।

मन्त्री आलेले कुनै पनि योजना अघि बढाउँदा दशकौंसम्मको अवस्थालाई पूर्वानुमान गरेर सञ्चालन गर्नुपर्ने भन्दै विमानस्थलको रनवेलाई २५ सय मिटरसम्म बनाइनुपर्ने र राजमार्गबाट विमानस्थल आउने सडक पनि चार लेनको बनाउनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०३० सालबाट सञ्चालनमा आएको मझगाउँ विमानस्थल २०५६ सालमा सशस्त्र द्वन्द्वका कारण बन्द गरिएको थियो । २०८१ पौष २७ गते स्तरोन्नतीको काम सम्पन्न गर्ने गरी गरे सम्झौता भइसकेको छ ।