१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको संभावना


390
Shares

काठमाडौं । देशका अधिकांश भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएरातिदेखि कर्णाली प्रदेशदेखि पूर्वका अधिकांश स्थानमा वर्षा भएको र केही स्थानमा अहिले पनि वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा गएराति मेघ गर्जन र चट्याङसहित वर्षा भयो भने उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो ।

देशैभरका पहाडी भेगमा आज दिनभर बदली रहने संभावना रहेको छ । उपत्यकामा भने दिउँसो घाम लाग्ने पनि महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाइएको छ । न्यून चापीय प्रणाली कमजोर हुदै गएकाले वर्षा हुने क्रम केही दिनलाई रोकिने र न्यून चापीय प्रणाली केही दिनपछि सक्रिय हुने संभावना रहेको छ ।