५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सुनसरीमा ट्याक्टरको ट्रलिले किचेर एक जनाको घटनास्थलमै मृत्यु


273
Shares

काठमाडौं । सुनसरीको कोशी गाँउपालिका–३ कोशीटप्पुमा बुधबार साँझ ट्याक्टरको ट्रलिले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नम्बर नखुलेको ट्याक्टरमा उखु लोड गरी डोरीले बाध्ने क्रममा उक्त ट्रली अचानक पल्टिएर किच्दा स्थानीय ४० वर्षीय कुमार उराउको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लौकहीले जानकारी दिएको छ ।