
काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ५ सय तोकिएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्