१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकाबिहानै धोबिखोला करिडोरको अनुगमनमा मन्त्री झाँक्री


741
Shares

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज बिहीबार बिहानै धोबिखोला करिडोरको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।

अनुगमनका क्रममा मन्त्री झाँक्रीले भन्नुभयो, “करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केहीदिनमा पुनः अनुगमनमा आउँछु ।” मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ ।

मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले बिहानै गएर उक्त क्षेत्रको निरीक्षण गरेको हो ।

टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ ।

बिहान ६ः३० मा बबरमहलबाट सुरु भएको अनुगमन बुढानिलकण्ठ पुगेर टुगिंएको थियो ।