
एजेन्सी । सन् २०२२ मा बलिउड अभिनेत्री पूजा हेगडेको ठूला बजेटका ४ वटा फिल्म आउने भएका छन् ।
पूजाका प्रशंसकहरुका लागी यो खुशीको खबर हो । यी फिल्महरुमा उनको भूमिका दर्शकहरुले निकै मन पराउने दाबी पूजाको छ । उनले सन् २०२२ मा राधे श्याम, सर्कस , आचार्य र बीस्ट जस्ता फिल्महरुबाट आफ्नो अभिनयको जादु फैलाउने भएकी छिन् । फिल्म राधे श्यामकोे टेलर सार्वजनिक भएको छ भने त्यसलाइ सबैले मन पराएका छन् ।
निर्देशक रोहित शेट्टीद्धारा निर्देशित कमेडी फिल्म सर्कस मा पूजा रणवीर सिंहसंग देखिने भएकी छिन् । आचार्य फिल्ममा पूजाले निलाम्बरी नामक गाउँको गाउँले केटीको भूमिका निभाएकी छिन् । यससँगै उनी विजय थालापथीको फिल्म बीस्ट बाट तामिल सिनेमामा फर्किदै छिन् । सलमान खानको फिल्म भाइजान पूजाको आगामी फिल्ममध्ये एक हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पूजाले सन् २०२१ लाई मध्येनजर गर्दा त्यो धेरै चुनौतिपुर्ण समय रहेको र आफूले खेलेका फिल्मलाइ दर्शकले मन पराएको बताएकी छिन् ।सन् २०२२ पूजाको लागि र उनको प्रशंसकका लागि निकै महत्व रहेको छ । पूजा अहिले फिल्मको तयारिमा रहेकी छिन् । नेपालमा पनि पूजाका थुप्रै प्रशंसक रहेका छन् । पूजाले ४ वटा फिल्ममार्फत धुम मचाउने भएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्