१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय क्षेत्र प्रभावित भयो : अध्यक्ष श्रेष्ठ


104
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले राजीनामा नदिँदा न्याय क्षेत्र प्रभावित भएको बताउनुभएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले गरेको प्रदर्शन क्रममा बिहीबार बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीहरूको वृत्ति विकासमा, न्यायाधीशहरूको सरुवाका कामहरू रोकिएको बताउनुभएको हो ।

उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा दिएसँगै न्यायपालिकामा बारले बुझाएको प्रतिवेदनअनुसार काम गर्ने बाटो खुल्ने बताउनुभयो ।

विशेष अदालत बार एशोसिएनका अध्यक्ष तथा अधिवक्ता चुडामणि पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा केही जिल्लाहरुमा जबरालाई देखाएर आफ्नो स्वार्थपूर्ति गर्न थालेको बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बारले यो आन्दोलनलाई सशक्त बनाउँदै जाने बताउनुभयो ।