
काठमाडौं । नेपालमा थप ३५ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।
१५ हजार ८१ जनामा परीक्षण गरिएकोमा ३५ सय ५३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १४ सय ४९, भक्तपुरमा १ सय ५० र ललितपुरमा ३ सय १७ जना गरी काठमाडौं उपत्यकाभित्र मात्र १९ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही समयमा २ सय ७१ जना निको हुँदा कोरोनामुक्त हुनेको संख्या ८ लाख १५ हजार ३ सय ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।
देशभर १४ हजार ३ सय ४० जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये १ सय १० जना आईसीयू र २५ जना भेन्टिलेटरमा रहेका छन् ।
एकै दिन ३ लाख ५६ हजार ४ जनालाई कोभिडविरुद्धको खोप दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्