
इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा प्रदेश एकका सासद रामबहादुर रानाले आन्तरिक कलहले देशको सबैभन्दा ठूलो पार्टी सरकारबाहिर बस्नुपरेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, इलामको नवौं अधिवेशनको उद्घाटन सत्रमा सांसद रानाले सिद्धान्त र नीतिलाई आत्मसाथ गर्न नसक्दा पार्टीले अहिलेको परिस्थिति सिर्जना भएको बताउँदै सकारात्मक जोशका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सासद रानाले वर्तमान सरकारले विभिन्न बहानामा आर्थिक विकासको गतिविधिमा अवरोध पुर्याएको भन्दै समाज रूपान्तरण र समृद्धिका लागि सबैको प्रतिनिधित्व र समानतालाई ध्यान दिनुपर्ने बताउनुभयो ।
सञ्चारकर्मीसँग आलोचनात्मक चेत हुनुपर्ने भन्दै सांसद रानाले त्यस्ता सूचनाले मात्र समाजमा विश्वसनीयता कायम गर्ने बताउनुभयो ।
कार्यक्रममा ‘प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार, २०७८’ बाट इलामका सक्रिय पत्रकार मनोज अधिकारी पुरस्कृत हुनुभएको छ । अधिकारीलाई प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्