१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रेमी सूरजसंग बिवाह गर्दै अभिनेत्री मौनी राय


1.976k
Shares

एजेन्सी ।बलिउड अभिनेत्री मौनी राय आफ्नो प्रेमी सूरज नाम्बियारसँग यही २७ जनवरीमा विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

मौनी भारतीय टेलिसिरियलबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । टेलिसिरियल नागिनमा उनले निकै राम्रो भूमिका निर्वाह गरेकी थिइन् । प्रेमी सूरज भने फिल्मी क्षेत्रका नभएर बैंकर एवं व्यवसायी हुन् ।उनीहरुको बिवाहमा आफन्त,परिवारजन र भारतीय सिने जगतका केहि खास कलाकारहरुको मात्र सहभागी हुनेछ । उनीहरुले आफ्नो विवाह भने भारतको गोवामा गर्ने योजना बनाएका छन् । त्यसका लागि गोवामा दुबै जनाले पाचँतारे रिसोर्ट बुक गरेका छन् । गोवाको भ्यागाटर समुन्द्रको जो डब्ल्यू रिसोर्ट बिवाहका लागि बुक गरेका छन् र उनीहरुको बिवाह दिउँसोको समयमा हुनेछ ।

उनीहरुले विवाहको निमन्त्रणा कार्ड आफ्नो साथीहरुलाई पठाउन शुरु गरेका भारतीय संचारमाध्यमले जनाएका छन् । उनीहरुले आफ्नो बिवाहमा आउने पाहुनाहरुलाई विवाहबारे कुनैपनि जानकारी मिडियामा नदिन पनि भनेका छन् । विवाहमा आउने सबै पाहुनाहरुले आफ्नोे खोप कार्ड बोकेर आउनु पर्नेछ । विवाह पछि २८ जनवरीका दिन उनीहरुले एक नृत्य कार्यक्रम राख्ने भएका छन् । जसमा मौनीका नजिकका मान्छे र डान्स रियालिटी सोका प्रतीक उतेकर र राहुल शेट्टीले प्रस्तुति दिने छन् ।

दुबैजना अहिले विवाहको तयारीमा लागिपरेका छन् । विवाहमा एकता कपुर , मनिष मल्होत्रा , आशिका गोराडीया सहितका नजिकका व्यतिm समावेश हुनेछन् । मौनीले विवाह अगाडी हुने सम्पूर्ण पार्टीहरु गोवामा नै सेलिब्रेट गर्ने छिन् ।बिवाहमा आउने कसैलाई पनि समस्या नहोस भनेर मौनीले विवाहका लागी पूरै तयारी आफैले गरीरहेकी छिन् ।