
पोखरा । साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आज शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
आर्मीले पुलिसमाथि २१–२५, २५–१८, २५–२१ र २५–१३ को जित निकालेको हो ।
यस जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोड्यो । पराजित पुलिसको ३ खेलबाट ३ अंक छ ।
अब आर्मीले उपाधिका लागि एपीएफ र न्यु डायमण्ड मध्ये एक टोलीसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्