१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह


104
Shares

PM Sherbahadur Deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माघी पर्व सामाजिक सद्भावको उदाहरण भएको बताउनुभएको छ । माघी तथा माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विशिष्ट पहिचान भएको माघी सामाजिक सद्भावको उदाहरण भएको बताएका हुन् ।

उहाँले कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको छ ।

माघी तथा माघे संक्रान्ति पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेसमेत विश्वास व्यक्त गर्दै उहाँले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान हुने बताउनु भएको छ ।

थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ ।