
झापा । सीमा नाकामा होल्डिङ सेन्टर निर्माण नहुँदा संक्रमित सीधै घर पुग्ने गरेका छन् । होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने भन्नेमा अन्योल हुँदा सेन्टर निर्माण हुन नसकेको हो ।
नेपाल–भारत सीमा नाकामा गरिएको परीक्षणमा कोभिड–१९ संक्रमितको संख्या हरेक दिन बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै सीमा नाकाका चेक प्वाइन्टमा गरिएको परीक्षणमा २ सय ४३ जनालाई संक्रमण पुष्टि भएको छ । सीमामा संक्रमितलाई अलग गर्ने कुनै संरचना छैनन् ।
सरकारले सम्भावित संक्रमितलाई राख्न होल्डिङ सेन्टर कक्ष बनाउने योजना अघि बढाएपनि संक्रमित देखिएका कसैलाई यस्ता सेन्टरमा नराखिँदा उनीहरु सिधै घरसम्म पुग्ने गरेका छन् ।
झापाको काँकडभिट्टा नाकाबाट पछिल्लो एक सातायता नेपाल भित्रिएका शंकास्पद २ सय जनाको कोरोना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको थियो । राख्ने ठाउँको अभावमा उनीहरुलाई पनि घर पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्